काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा मंगलवार उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शन देव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलाशमा पहिलो नम्बरमै पेशी तोकिएको हो ।बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरी कैद सजाय गरिसकेको छ ।
उक्त फैसला बदर हुनुपर्ने मागसहित लामिछानेले उच्च अदालतमा पुनरावेदन गरेका छन् भने पिडित गौशाला २६ ले पनि कम सजाय भएकाले बढी सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन गरेकी हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ जेठ २०८१, ११ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
सामाजिक सञ्जालमा सन्दीप लामिछानेले लेखे यस्तो भावुक स्टाटस
मधेश प्रदेशबिरुद्ध सन्दीप लामिछानेले ५ विकेट लिए
अमेरिकाले सन्दीपलाई दियो भिसा
महान्यायाधिवक्ता कार्यालयले सन्दीप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
सन्दीप लामिछानेलाई अमेरिकाले दियो भिसा