काठमाडौँ । चालू वर्षको तेस्रो त्रैमासमा नेपाल टेलिकमको कूल आम्दानी घटेको छ । गत आर्थिक वर्षको चैत मसान्तको तुलनामा आम्दानी ६.०३ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको चैत मसान्त सम्ममा ३३ अर्ब २० करोड ८५ लाख रुपैयाँ आम्दानी थियो ।
गत वर्षको तुलनामा २ अर्ब ३७ लाख रुपैयाँले नाफा घट्दै चालू वर्षको तेस्रो त्रैमाससम्ममा ३१ अर्ब २० करोड ४८ लाख रुपैयाँ कूल आम्दानी गरेको छ । यस्तै चालू वर्षको तेस्रो त्रैमास अवधिमा २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ कूल सञ्चालन आय छ । गत वर्षको यही अवधिमा कूल सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ थियो ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणका अनुसार यस अवधिमा १ अर्ब ८६ करोड ५३ लाख रुपैयाँ कूल सञ्चालन आय घटेको छ । यो ६.८२ प्रतिशतको गिरावट हो । कूल आम्दानी र कूल सञ्चालन आय घटे पनि कम्पनीको नाफा भने बढेको छ । यस अवधिमा कम्पनीले ३.३६ प्रतिशत नाफा बढाएको हो ।
गत आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । चालू वर्षको सोही अवधिमा भने कम्पनीको नाफा ५ अर्ब ५९ करोड ३७ लाख रुपैयाँ पुगेको छ । यो १८ करोड १७ लाख ९३ हजार रुपैयाँको वृद्धि हो ।
यस अवधिमा ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत वर्षको सोही तुलनामा ९४ करोड ४९ लाख २९ हजारले घटेको छ । यस्तै राष्ट्रको सञ्चार भएको बढी लागत र कम प्रतिफल प्राप्त हुने विकट क्षेत्रमा समेत लगानी गर्दा लागत बढेको कम्पनीले बताएको छ ।
यसबाहेक सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियम परिवर्तन भएको तथा बैंकको ब्याजदरमा आएको परिवर्तनले वित्तीय आम्दानी ५० करोड ७४ लाखले घटेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३१ बैशाख २०८१, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने
पलाँतामा टेलिकमको टावर सञ्चालन
जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा
सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध
नेपाल टेलिकमले ल्यायो कर्पोरेट ग्राहकलाई मल्टिपल टीभी जडान गर्ने सुविधा