काठमाडौं। भारतमा जारी लोकसभा निर्वाचनअन्तर्गत आज तेस्रो चरणको मतदान हुँदै छ । मतदाताले संसद्को तल्लो सदनको ९३ सिटका लागि प्रतिस्पर्धा गर्ने एक हजार तीन सय ५१ उम्मेदवारको भाग्यको फैसला गर्नेछन्।
निर्वाचन क्षेत्रहरू ११ राज्य र संघीय शासित क्षेत्रहरूमा फैलिएका छन्। मोदीको गृहराज्य गुजरातमा २५ सिटमा मतदान हुँदै छ ।मंगलबारको निर्वाचनमा केही विशिष्ट व्यक्ति प्रतिस्पर्धा गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीका दाहिने हात मानिने गृहमन्त्री अमित शाह गुजरात राज्यको गान्धीनगर सहरबाट पुनः चुनाव लडिरहेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले तेस्रो चरणमा गान्धीनगर लोकसभा सीटमा मतदान गरेका छन् । मतदानपछि प्रधानमन्त्री मोदीले गर्मीमा आफ्नो स्वास्थ्यको ख्याल गर्न र प्रशस्त पानी पिउन आग्रह गरे ।बिहारको सुपौलमा मतदानका क्रममा प्रिसाइडिङ अफिसर र एक सिपाहीको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, ११ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्दिरमा दुई हात्ती भिडेपछि भारतमा ३ जनाको मृत्यु, ३० घाइते
भारतको केन्द्रीय बैङ्कले ५ वर्षमा पहिलो पटक रेपो दर घटायो
इंग्ल्याण्डविरुद्धको एक दिवसीय खेलमा भारत विजयी : गिलको शानदार ब्याटिङ
भारतले बंगलादेशमा पठायो १६ हजार टन चामल
भारतको आर्थिक वृद्धिदर ६.८ प्रतिशत पुग्ने अनुमान
भारतमा महाकुम्भ भाग दौडमा १५ जनाको मृत्यु