नदीमा डुबेर दुई युवकको मृत्यु, २ जना बिरामी

सफल खबर संवाददाता

आइतबार, २३ बैशाख २०८१, ०८ : ०४
नदीमा डुबेर दुई युवकको मृत्यु, २ जना बिरामी

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ। दुईजना बिरामी भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेशराज जोशीले दोदा नदीमा डुबेर बेलौरी नगरपालिका-७ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको शनिबार मृत्यु भएको जानकारी दिए। 

शान्तिपुरका समीर सुवेदी र शिशिर विष्ट घाइते भएका छन्।  घाइतेमध्ये एक जनाको धनगढी र अर्काको बेलौरीस्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

दुवै शव परीक्षणका लागि बेलौरी स्वास्थ्य केन्द्रमा राखेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस