काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको बताएका छन् । बिहीबार काठमाडौँमा जाऊँ हिँड रेसुङ्गा अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले समृद्धिले नै विकासका बहु आयामिक सम्भावनाहरूको नेतृत्व गर्ने बताए । सानो लगानीमा राम्रो प्रतिफल हासिल गर्ने क्षेत्र पर्यटन भएको पनि बताए । उनले पर्यटन क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको पनि बताए । उनले गुल्मी जिल्ला र रेसुङ्गा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको क्षेत्र भएको पनि बताए । उनले पर्यटन क्षेत्रको विकासमा तीन तहकै सरकारको भूमिकालाई थप प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
निजी, गैरसरकारी तथा सामुदायिक क्षेत्रसँगको सहकार्यमा अझै पर्यटन क्षेत्रलाई अझै बिस्तार गर्न आवश्यक रहेको बताए । उनले भने, ‘वर्तमान सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढिरहेको कुरा अवगत नै छ । त्यसमध्ये समृद्धि नै त्यस्तो क्षेत्र हो, जसले विकासका बहु आयामिक सम्भावनाहरूको नेतृत्व गर्दछ । गुल्मी जिल्ला र रेसुङ्गा क्षेत्र समृद्धिको प्रचुर सम्भावना बोकेको अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो । त्यसमध्ये सानो लगानी र राम्रो प्रतिफल हासिल गर्ने क्षेत्र पर्यटनको विकास नै हो ।
तसर्थ सरकारले उच्च प्राथमिकतामा राखेको समृद्धिको विषयमा केन्द्रित रहेर महत्त्वपूर्ण कार्यक्रम आयोजना गर्नुभएकोमा यहाँहरूलाई धन्यवाद ज्ञापन गर्दछु ।’प्रधानमन्त्री प्रचण्डले रेसुङ्गा धार्मिक, ऐतिहासिक, पौराणिक, सांस्कृतिक र पर्यटकीय सम्पदा भएको बताए । रेसुङ्गा क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका लागि ठुलो सम्भावना बोकेको क्षेत्र भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० बैशाख २०८१, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानी शरणार्थी प्रकरण लगायतका माफिया शक्तिले दुई दल मिलाए : प्रधानमन्त्री प्रचण्ड
विपद्को बेलामा खोज उद्धारमा लाग्नुपर्ने बेला सरकार परिवर्तनको खेला विडम्बनापूर्ण : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डलाई ६३ जना सांसदको मात्र समर्थन !
अल्पमतमा परेका प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको जिम्मा
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता
विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री प्रचण्ड