काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ड्राइभिङ लाइसेन्स छाप्न अझै डेढ वर्ष लाग्न सक्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले ड्राइभिङ लाइसेन्सको समस्या समाधान गर्न लागिपरेको बताए ।
आफूले मन्त्रालय सम्हालेपछि दैनिक ५ हजार प्रिन्ट लाइसेन्स प्रिन्ट हुन लागेको उल्लेख गर्दै समस्या समाधान गर्न निर्देशन दिएको जानकारी गराए ।महिनाको डेढ लाख लाइसेन्स प्रिन्ट गर्दा अझै डेढ वर्ष प्रिन्ट गर्न समय लाग्ने बताए । आफूले मन्त्रालय सम्हालेपछि अलिकति सुधार गरी अघि बढेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २० बैशाख २०८१, १४ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबैभन्दा धनी मन्त्री रघुवीर : कति छ सम्पत्ति ?