एलओडी लगायतलाई मनोरञ्जन कर तिर्न काठमाडौँ महानगरपालिकाले ३५ दिने सूचना

सफल खबर संवाददाता

बुधबार, १९ बैशाख २०८१, ०८ : ३५
एलओडी लगायतलाई मनोरञ्जन कर तिर्न काठमाडौँ महानगरपालिकाले ३५ दिने सूचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एलओडी डिस्को, ग्यारेज इन्टरटेनमेन्टगोपीकृष्ण मुमिजसहित दोहारी साँझ, डान्स बार र नाइट क्लबहरुलाई ३५ दिनभित्र कर बुझाउन सार्वजनिक सूचना आह्वान गरेको छ । 

पटक पटक कर बुझाउन लिखित, फोन तथा मौखिक जानकारी गराएपनि बेवास्ता गरेको भन्दै महानगरपालिकाले सार्वजनिक सूचना आह्वान गरेको हो ।

३५ दिनभित्र कर दाखिला नगरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही हुने महानगरपालिकाले स्पष्ट पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस