धादिङ । धादिङमा आगलागीमा परेर एक जना वृद्धको मृत्यु भएको छ । थाक्रे गाउँपालिका-३ चौफाँट बस्ने ६७ वर्षीय हरी बहादुर तामाङको आगोले जलेर शनिबार दिउँसो मृत्यु भएको हो । आफ्नै बारीमा पात पतिङ्गर जलाउने क्रममा निजको शरीरमा आगो सल्किएर उनको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ ।
यता विभिन्न स्थानमा भएका आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट भएको छ । आगलागीमा लाखौँको क्षति भएको प्रहरीले जानकारी दिएको छ ।
रूपन्देही, सैनामैना नगरपालिका-९ भरैया टोल बस्ने बोदिलाल गैरेको घरमा शनिबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
पाल्पा, रिप्दिकोट गाउँपालिका-३ रिपडाँडा, देवीडाँडा, चकल्दीस्थित जंगलमा शनिबार दिउँसो लागेको आगो फैलिएर सोही गाउँपालिका-५ मरेङडाँडा बस्ने मिन प्रसाद पाठकको गोठ, सोही गाउँपालिका-३ बस्ने प्रकाश भण्डारीको गोठ र पदम भण्डारीको गोठ समेत जलेर तीनै जनाको गरी करिब ९ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दैलेख, चामुण्डा बिन्द्रासैनी नगरपालिका-२ चाल्नेस्थित राष्ट्रिय वन धाम कपासेमा शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँ बस्ने गणेश सिजापतीको घर र तुल बहादुर सिजापतीको गोठमा समेत आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सुनसरी, हरिनगर गाउँपालिका-२ बस्ने मुसहरी मियाको गोठमा शनिबार दिउँसो लागेको आगो फैलिएर सोही ठाउँस्थित ४ वटा घर र २ वटा गोठ जलेर करिब १४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दार्चुला, शैल्यशिखर नगरपालिका-९ स्थित ठुलसैनी जंगलमा शनिबार बेलुकी लागेको आगो फैलिएर सोही ठाउँ बस्ने नरेश दमाईको ३ वटा घरमा आगलागी हुँदा ३ वटै घर जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
दाङ, बंगलाचुली गाउँपालिका-८ डाँगीबारीस्थित दैले ढुंङ्गा सामुदायिक वनमा शनिबार साँझ लागेको आगो फैलिएर सोही ठाउँस्थित ३ वटा घर पूर्णरूपमा जलेर करिब १३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका-४ जलजले माथिल्लो गाउँ बस्ने ७० वर्षीय माहिला श्रेष्ठको घरमा गएराति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ७ लाख ७३ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोबाट बचाउन बालेको आगो खोरमा सल्किदाँ दर्जन बढी खसीबाख्रा मरे
सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
बालकुमारीमा आगो लाग्दा डान्सबारसहित ४ वटा पसल जले
धावनमार्गमै विमानमा आगो लागेपछि…
बाराका एक युवकले आफ्नै शरीरमा आगो लगाए
गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा