काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शनिबार वेस्ट इन्डिजको ‘ए’ टोलीसँग पहिलो मैत्रीपूर्ण टी–२० प्रतियोगिता खेल्दैछ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार, दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
नेपालसँग मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला खेल्न वेस्ट इन्डिजको ‘ए’ टोली बुधबार काठमाडौँ आइपुगेको हो । क्यारेबियन टोलीका खेलाडीले शुक्रबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नियमित अभ्यास पनि गरेका थिए ।
नेपाल र वेस्ट इन्डिजबीच टी–२० खेलको पाँच वटा शृङ्खला खेलिने कार्यक्रम छ । शृङ्खलाको दोस्रो खेल आइतबार खेलिने छ । तेस्रो खेल मे १ तारिखमा खेलिने छ । चौथो खेल मे २ तारिखमा र पाँचौँ खेल मे ४ तारिखमा खेलिने छ ।
शृङ्खलाका सबै खेल कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलिने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । क्यानले वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृङ्खलाका लागि बिहीबार १६ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ बैशाख २०८१, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल र वेस्ट इन्डिजबिच चौथो खेल आज
नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैँ
नेपालसँग टी–२० क्रिकेट सिरिजमा खेल्ने वेस्ट इन्डिजको टोली घोषणा