भोजपुर। भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् ।विक्रम संवत् २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलवार धरानबाट पक्राउ गरेको हो ।
प्रतिवादी तामाङविरुद्ध जिल्ला अदालत भोजपुरबाट २०८० भदौ महिनामा पक्राउ पुर्जी जारी भएको थियो ।खोजी गर्ने क्रममा २०८१ वैशाख ११ गते पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सुदीपराज पाठकले जानकारी दिए ।पक्राउ परेका तामाङलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ बैशाख २०८१, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित देशका विभिन्न स्थानबाट सात जना पक्राउ
कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ
जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा दुई जना पक्राउ
जापान पठाइदिने भन्दै ठगी गर्ने गिरोह सक्रिय, २१९ जनालाई ठगी गरेको आरोपमा २ जना पक्राउ
अवैध लागू औषधसहित १२ जना पक्राउ
खाजाघरमा अनैतिक धन्दा, सञ्चालक पक्राउ