बझाङ प्रदेशसभा १ का एमाले उम्मेदवार भण्डारीलाई पितृशोक

सफल खबर संवाददाता

मंगलबार, ११ बैशाख २०८१, १४ : ०६
बझाङ प्रदेशसभा १ का एमाले उम्मेदवार भण्डारीलाई पितृशोक

काठमाडौँ । नेकपा (एमाले) बाजुरा जिल्ला कमिटीका अध्यक्ष तथा प्रदेशसभा सदस्यका लागि बझाङ प्रदेशसभा १ का उमेदवार दमन भण्डारीलाई पितृशोक परेको छ । उनका बुवा बझाङको छबिस पाथिभेरा गाउँपालिका वडा नं. १, भण्डारीगाउँ निवासी चक्र भण्डारीको मंगलबार असामयिक निधन भएको हो ।

बैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा दमन बझाङ प्रदेशसभा १ मा उम्मेदवार छन् । बुबाको निधनसँगै दमनको निर्वाचन प्रचारको काममा केही व्यवधान हुन गएको एमालेले जनाएको छ ।

यस विषम् परिस्थितिमा चुनाव प्रचार–प्रसार तथा मत संरक्षणको क्रममा अझ गम्भीरताका साथ परिचालित हुन एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत कार्यकर्तालाई निर्देशन दिएका छन् ।चक्रको निधनप्रति दुःख व्यक्त गर्दै एमालेले शोकाकुल परिवारमा समवेदना प्रकट पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस