तीन सहसचिव सचिवमा बढुवा

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, १९ : १४
तीन सहसचिव सचिवमा बढुवा

काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

बढुवा हुनेमा प्रशासन सेवातर्फ केदारनाथ शर्मा, लेखापरीक्षकतर्फ वैकुण्ठबहादुर अधिकारी र राष्ट्रिय मानव अधिकार आयोगमा मुरारीप्रसाद खरेल छन् । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले उनीहरुलाई बढुवाका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस