कवित्रय सिग्देल, अधिकारी र पोख्रेल सम्मानित

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, ११ : ५६
कवित्रय सिग्देल, अधिकारी र पोख्रेल सम्मानित

काठमाडौं। परम्परागत  विश्व कविता लेखक सङ्गठन (टीपीडब्ल्यूएडब्ल्यू)को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ ।मंगलवार काठमाडौंमा सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो ।

उक्त सम्मेलनका अवसरमा नेपालका तीन जना कविहरू क्रमशः भुवनहरि सिग्देल, सीताराम अधिकारी र प्रह्लाद पोख्रेललाई ‘येउ सुङ ग्यो’बाट सम्मान गरिएको थियो ।

सम्मेलन टीपीडब्ल्यूएडब्ल्यू सभापति कोरियाली कवि किम बोङ गुन र  नेपाल शाखाका सभापति प्राध्यापक रामकुमार पाँडेको संयुक्त अध्यक्षतामा भएको थियो ।

 

सम्मेलनमा विभिन्न देशका परम्परागत कविताबारे कार्यपत्र प्रस्तुतिका साथै हाइकु र छन्दोबद्ध संरचनाका कविता पनि वाचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस