काठमाडौं । उत्पादन मुलकतर्फ पहिलो चरणको ईपीएस भाषा परीक्षामा ६ हजार ३२१ जना परीक्षार्थी पास भएका छन् । ७ फागुनबाट २४ चैतसम्म भएको भाषा परीक्षामा सहभागी ४० हजार ५८० जनामध्येबाट करिब साढे ६ हजार परीक्षार्थी उत्र्तीण भएका हुन् ।
वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाका अनुसार उनीहरुले अब सिप परीक्षा दिनुपर्नेछ । ‘स्किल र कम्पिटेन्सी टेस्ट’ पास भएपछि मात्रै उनीहरु कोरिया जान पाउने श्रमिकको सूची (रोस्टर)मा सूचीकृत हुनेछन् ।
सिप परीक्षण आगामी ९ वैशाखदेखि १५ वैशाखसम्म सञ्चालन हुनेछ । पास भएका परीक्षार्थीलाई पासपोर्ट र प्रवेशपत्रसहित तोकिएकै तिमि, स्थान र समयममा उपस्थित हुन ईपीएस कोरिया शाखाले सूचित गरेको छ ।
उत्पादनमूलकतर्फको दोस्रो चरणको परीक्षा ३१ वैशाखदेखि १६ साउन २०८१ सम्म र तेस्रो चरणको परीक्षा २६ कात्तिकदेखि २ पुस २०८१ सम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईपीएसको उत्पादनमुलक तर्फको सीप परीक्षणमा ८ हजार जना पास
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक
कोरियन भाषा परीक्षा फागुन ७ गतेदेखि सञ्चालन हुने
ईपीएस भाषा परीक्षा केही ढिलागरी हुने
ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेल नियुक्त
ईपीएस विवादबारे छलफल, कोरियाको सकारात्मक प्रतिक्रिया