काठमाडौँ । दाङ र कैलाली जिल्लामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका-१७ बेलबासस्थित सडकमा ना.६ ख १४८६ नम्बरको बसले लु.४१ प ८०९२ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय सौगात वलीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचारको क्रममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीको गोदावरी नगरपालिका-३ दमौरास्थित सडकमा सु.प.प्र.०१००८ प २७४५ नम्बरको मोटरसाइकल मंगलबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय लक्ष्मण भुलको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १२ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फागुन २ गते त्रिशुलीमा खसेका रोहितको शव भेटियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एकजना गम्भीर घाइते
नवलपरासीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चन्द्रागिरीमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु