ओली र प्रचण्डबीच आज भेटबार्ता हुने

बुधबार, १२ पुस २०७४, ११ : ००
ओली र प्रचण्डबीच आज भेटबार्ता हुने

चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओली  र माओवादीका अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डबीच आज भेटबार्ता हुने भएको छ ।
माओवादी नेता तथा पार्टी एकता संयोजन समितिका सदस्य नारायणकाजी श्रेष्ठका अनुसार बुधबार दुई अध्यक्ष वा एकता संयोजन समितिमध्ये एक बैठक बस्नेछ । र, बार्ताको प्रारम्भ हुनेछ । ‘यसअघि नेताहरुको व्यस्तताका कारण छलफल हुन नसकेको हो अव आज छलफलको सुरुवात हुन्छ,’ नेता श्रेष्ठले भने ।

भेटबार्तामा पार्टी एकता, नयाँ सरकार निर्माण र राष्ट्रिय सभा सदस्य निर्वाचनका बारेमा छलफल हुने बताइएको छ । यसअघि पार्टी एकता संयोजन समितिको बैठक बस्ने भनिएपनि नेताहरुको कार्यव्यस्तताका कारण बस्न सकेको थिएन ।

नेताहरुले यहि विचमा सरकार गठन र पार्टी एकताबारे दिएका विपरित अभिव्यक्तिका कारण बामपन्थीहरुको सरकार निर्माण र दुईपार्टी एकताबारे आशंका उव्जिएका थिए ।
नेता श्रेष्ठका अनुसार छलफलका लागि समय र स्थान भने तय भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस