ललितपुरको मेटल उद्योगमा आगलागी, एक जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २४ चैत्र २०८०, ११ : ०६
ललितपुरको मेटल उद्योगमा आगलागी, एक जनाको मृत्यु

काठमाडौँ । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी भएको स्थानमा एक जना पुरुष मृत फेला परेका हुन् ।

ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका जलेको अवस्थामा शव फेला परेको छ । जसका कारण शवको पहिचान खुल्न सकेको छैन । आज बिहान ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी भएको थियो ।

यसका सञ्चालक कृष्ण लेत्फे र भीम लेत्फे रहेको प्रहरीले जनाएको छ । विद्युत् शर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस