काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २८ गते हुने भएको छ । राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचनको मिति घोषणा गरेका हुन् ।
१५ चैतमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि उक्त पद रिक्त छ । सत्ता गठबन्धन परिवर्तन भएपछि राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिएको छ । सो सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् ।
अब अर्को कुनै दलको सदस्य राष्ट्रिय सभाको उपाध्यक्ष हुनेछन् । यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो ।
तर पछि गठबन्धनमा एकीकृत समाजवादी पनि सामेल भएपछि गरिएको नयाँ लिखित सहमति पत्रमा राष्ट्रिय सभा उपाध्यक्ष पदबारे केही कुरा उल्लेख गरिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ चैत्र २०८०, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक राष्ट्रिय सभाबाट स्वीकृत
महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेस
राष्ट्रिय सभाको बैठक बस्दै
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै राष्ट्रिय सभा
संसदमा जसपा नेपालको प्रश्न-‘संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँदैन भने के चाहिन्छ त ?
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम