काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो पार्टी संघीयताविरोधी नभएको दाबी गरेका छन् । इलाम–२ मा पार्टीको औपचारिक उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले अहिलेको प्रादेशिक संरचना र कार्यशैलीमा सुधार आवश्यक रहेको बताए।
‘संघीयता विरोधी होइन रास्वपा। हामी रिभोलुसन अफ पावरमा विश्वास गर्छौँ,’ उनले भने, ‘अहिलेको प्रादेशिक संरचना र कार्यशैली हामी सुधार गर्न चाहन्छौँ। संख्या र सामथ्र्य पुगेको दिन यसलाई हामी सुधार गर्छौँ।’ साथै, उनले शक्ति विनियोजन गर्ने संघीय ढाँचालाई आफ्नो पार्टीले आत्मसाथ गरेको पनि उनले बताए। ‘पुराना पार्टीका मध्यमस्तरिय नेतालाई व्यवस्थापन गर्न बनेको जस्तो अहिलेको प्रादेशिक संरचना सुधार गर्छौँ,’ उनले भने। वाग्लेले आफ्नो पार्टीले उम्मेदवार बनाएका मिलन लिम्बूको विजयसँगै कोसी प्रदेशमा पनि रास्वपाले पनि नयाँ खाता खोल्ने बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, १६ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुनेमा भएको आन्दोलन कुनै हिसाबले राजनीतिक थिएन : सन्तोष परियार
रास्वपा सचिवालय बैठक आज पनि बस्दै, केन्द्रीय समिति बैठक आह्वान
रवि लामिछानेमाथि ज्यादती भएको भन्दै रास्वपाद्वारा मानव अधिकार आयोगको ध्यानाकर्षण
रास्वपा सचिवालय बैठक बैस्दै, के के छन् एजेण्डा ?
रास्वपाले बोलायो सचिवालय बैठक
रास्वपाको प्रश्न : पक्राउ पूर्जी नबोकी हतारहतार सभापतिको बेडरुममा किन पुग्यो प्रहरी ?