बजेट लेखन मस्यौदा समिति गठन

सफल खबर संवाददाता

शुक्रबार, १६ चैत्र २०८०, १८ : ४५
बजेट लेखन मस्यौदा समिति गठन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले बजेट लेखन मस्यौदा समिति गठन गरेका छन् । मन्त्री पुनले आर्थिक वर्ष २०८१–८२ को बजेट वक्तव्य तयार गर्न समिति गठनको निर्णय गरेका हुन् ।

सहसचिव धनीराम शर्माको संयोजकत्वमा गठित समितिमा सहसचिवहरु रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र पार्वती शर्मा सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस