काठमाडौँ । राष्ट्रियसभामा ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन २०८० पेस भएको छ । शुक्रबारको बैठकमा सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन् ।
उक्त प्रस्तावमाथि शुक्रबारबाट छलफल सुरु भएको छ । प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरूले प्रतिवेदनका सुझावअनुसार सङ्घीयता कार्यान्वयनमा तीनै सरकारले ध्यान दिनुपर्ने धारणा राखेका छन् । उनीहरुले उक्त प्रतिवेदन कार्यान्वयनमा ल्याए मात्रै संविधानको पालना र सङ्घीयता व्यवहारमा कार्यान्वयन हुने धारणा राखेका छन् ।
‘संविधानले तीन तहका सरकारको क्षेत्राधिकार व्यवस्था गरेको छ तर सो अनुसार कानुन बनेको छैन’, छलफलमा भाग लिँदै सांसद रेणु चन्दले सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर हुने
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाबाट पारित दुई प्रतिस्थापन विधेयक शुक्रबार राष्ट्रियसभामा पेस गरिने
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै