काठमाडौं । आयरल्यान्ड ए ले पहिलो टी-२० खेलमा घरेलु टोली नेपाललाई २२३ रनको विशाल लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आयरल्यान्ड ए ले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २२२ रन बनायो ।
आयरल्यान्डका पिटर मुरले ३२ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए । ओपनर रस आदिर दोस्रो बलमै फर्स्ट स्लिपमा आरिफ शेखबाट क्याच आउट भएका थिए ।
चोटका कारण दुई वर्षपछि खेलमा फर्किएका कमलसिंह ऐरीको बलमा रस आदिर क्याच हुन पुगेका थिए । त्यसपछि दोस्रो विकेटका लागि पिटर मुर र केड कर्माइकले ८८ रनको साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए ।
केड २९ बलमा ४ चौका र १ छक्कासहित ३८ रनमा सागर ढकालको बलमा एलबीडब्लू आउट भए । स्टेफन डोहेनी १६ बलमा ४ चौका र २ छक्कासहित ३४ रनमा आउट भए ।
निल रक २३ बलमा १ चौका र ३ छक्कासहित ३८ तथा ग्यारेथ डेलानी १४ बलमा २ चौका र ३ छक्कासहित ३० रन बनाए । गेभिन होईले ६ बलमा २ छक्कासहित १८ रन जोडे । नेपालका कमलसिंह ऐरीले ४ ओभरमा ३९ रन खर्चेर ३ विकेट लिए । आरिफ शेख र सागर ढकालले १/१ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ चैत्र २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल ए लाई आयरल्यान्डले दियो २८५ रनको लक्ष्य
नेपालले टस हारेर फिल्डिङ गर्दै
आयरल्यान्डले नेपाल एलाई दियो १७५ रनको लक्ष्य
आयरल्यान्ड ए विरुद्ध कमलसिंह ऐरीले लिए ह्याट्रिक