काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पूर्वाधार आयोजना दलीय दलदलमा फसेको भन्दै आगामी आर्थिक वर्ष (आव) बाट यो स्थिति नरहने बताएका छन् ।
राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले लामो समयदेखि काम नभएर बसेका सयौं आयोजना आगामी आर्थिक वर्षमा खारेज गरिने उनले बताए ।
अब संघीय सरकारले लामो समयदेखी अल्झिएर बसेका आयोजनामा १०/१५ लाख रुपैयाँ बजेट राखेर थप नबल्झाउने उनले बताए । नेपालमा आयोजनाहरु दलीय दलदलमा फसेको उनको भनाइ छ । यो अवस्था आगामी आवबाट समाधान गरिने उनको प्रतिबद्धता छ ।
उनले आयोजनाको प्राथमिकीकरण गरी बजेटमा राख्न समेत सरोकारवालालाई निर्देशन दिए । नयाँ आयोजना राख्दा जनतामा आशा जगाउने गरी मात्र राख्न उनले निर्देशन दिए ।
कामको परम्परा शैली बदल्नु पर्ने भन्दै राजस्व बढाउने गरी काम गर्न समेत उनले निर्देशन दिए । ‘राजस्व उठ्दैन भन्ने होइन, उठाउन सक्छौं भन्ने गरी सोचौं,’ प्रधानमन्त्री प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ चैत्र २०८०, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्ड र सीआईडीसीएका अध्यक्ष हुईबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलबिच भेट
हतारिएर कम्युनिस्ट एकता गर्ने पक्षमा छैनौँ : प्रधानमन्त्री प्रचण्ड
दिवंगत कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री दाहाल