इलाम । आगामी वैशाख १५ गते इलाम–२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) इलाम जिल्ला समितिले उम्मेदवारको नाम प्रदेश समितिमा सिफारिस गरेको छ।
संघीय उपनिर्वाचनका लागि राप्रपा इलामको जिल्ला कार्यसम्पादन समितिको बैठकले क्रमशः लक्ष्मी गुरुङ, यामनाथ भण्डारी र लालबहादुर डाँगीको नाम उम्मेदवारको रूपमा प्रदेशमा सिफारिस गरेको राप्रपा इलामका प्रवक्ता गोपाल पौड्यालले बताए।
बैठकमा राप्रपा कोशी प्रदेश अध्यक्ष तथा दमक नगरपालिकाका प्रमुख राम थापा, कोशी प्रदेश सभासद् गोपाल गजमेर र हल्दिबारी गाउँपालिकाका अध्यक्ष तथा राप्रपा इलाम क्षेत्र नं. २ उपनिर्वाचनका संयोजक रवीन्द्र लिङ्देन समेत उपस्थित थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १६ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाले फागुन २५ गते काठमाडौँमा भण्डाफोर सभा गर्ने
राप्रपाले बोलायो कार्यसम्पादन समितिको बैठक
राप्रपा कार्यसम्पादन समिति बैठक बस्दै
उपनिर्वाचनमा अधिकांश स्थानमा सुधार भएको राप्रपाको निष्कर्ष
सरकारले एनसेललाई दुहुनो गाईको रुपमा प्रयोग गर्दैछ : राजेन्द्र लिङदेन
राप्रपाको केन्द्रीय सल्लाहकार समितिको बैठक शुरु