कास्की। होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औं फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ।महोत्सवका अवसरमा सङ्घ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तयारी गरेको सङ्घका अध्यक्ष एवं मूल संयोजक सुवेदीले जानकारी दिए ।
महोत्सवको तयारीका लागि विभिन्न २१ वटा उपसमिति गठन गरिएको उनले बताए । उपसमितिका साथै लेकसाइडका सडक नम्बर अनुसार एरिया संयोजकसमेत तोकिएको छ ।सङ्घका उपाध्यक्ष दीपक श्रेष्ठ र गणेशराज पहारीलाई महोत्सवमा सह-संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।
महोत्सव प्रचारप्रसारको मुख्य जिम्मेवारी सङ्घका महासचिव राजेन्द्र ढकाललाई दिइएको छ ।पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिनुलाई सकारात्मक रुपमा लिएको संघले जनाएको छ ।
नेपाली कला र मौलिक संस्कृतिको संरक्षण गर्दै नेपाली नयाँ वर्षलाई उल्लासपूर्ण रुपमा मनाउने उद्देश्यसहित पोखराको फिस्टेल गेटदेखि हल्लनचोकसम्म महोत्सव गर्न लागिएको हो । पर्यटन, संस्कृति र खानालाई महोत्सवमा मुख्य जोड दिइने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरामा नियमित अन्तर्राष्ट्रिय उडान सुरु
पोखरामा पनि पत्रकार हत्या र सञ्चारगृहमाथि भएको आक्रमणको विरोध
पोखरा बेलुन विस्फोट घटनाको छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
मंगलबारदेखि पोखरा-छेन्दु नियमित उडान
अलमलमा पर्यो पोखरा र भैरहवा विमानस्थल अध्ययन उपसमिति
पोखराबाट उडे पूर्वराजा, विमानस्थलमा पञ्चेबाजा बजाएर बिदाई