चोरीको मोटरसाइकल सहित १८ वर्षीय किशोर पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०५ चैत्र २०८०, १४ : ०१
चोरीको मोटरसाइकल सहित १८ वर्षीय किशोर पक्राउ

काठमाडौँ । काठमाडौँको बुढानिकण्ठ नगरपालिका २ भंगालबाट चोरीको मोटरसाइकल सहित एक किशोरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंकै चाबहिल बस्ने १८ वर्षीय सक्षम गुरूङलाई नियन्त्रणमा लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

वास्तविक नम्बर परिवर्तन गरेर बागमती प्रदेश-०२-२७ प ४३ ०३ नम्बर राखी चलाइरहेको अवस्थामा गुरूङलाई पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेश-०२-०२३ प ०४७२ नम्बरको बुलेट मोटरसाइकल काठमाडौंको टोखा इन्द्रेणीपुलबाट हराएको भनि मोटरसाइकल धनि धादिङको गंगा जमुना गाउँपालिका ७ का प्रकाश श्रेष्ठले गत मंसिर २६ गते निवेदन दिएका थिए । प्राप्त निवेदनका आधारमा खोजतलास गर्ने क्रममा मोटरसाइकल सहित गुरुङ नियन्त्रणमा आएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस