काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरे ।
उक्त प्रस्ताव बैठकले सर्वसम्मतरुपमा पारित गरेको थियो । बैठकमा दिवङ्गत सांसद अन्सारीप्रति एक मिनेट मौनधारणा गरिएको थियो । अन्सारी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विसं २०७९ को प्रतिनिधि सभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएकी थिइन् । उनको उपचारका क्रममा आइतबार निधन भएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक यही चैत ७ गते बुधबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक राष्ट्रिय सभाबाट स्वीकृत
महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेस
राष्ट्रिय सभाको बैठक बस्दै
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै राष्ट्रिय सभा
संसदमा जसपा नेपालको प्रश्न-‘संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँदैन भने के चाहिन्छ त ?
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम