कार र मोटरसाइकल ठोक्किए, मालपोतका हाकिमको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०५ चैत्र २०८०, १० : ३६
कार र मोटरसाइकल ठोक्किए, मालपोतका हाकिमको मृत्यु

बुटवल । भैरहवामा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नम्बरको कार गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलअगाडि मोटरसाइकलसँग ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर भट्टले जानकारी दिए ।

रावत चढेको मोटरसाइकल र कार विमानस्थल गेटअगाडि सडकमा ठोक्किएका थिए । ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।