सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रम

सफल खबर संवाददाता

शनिबार, ०३ चैत्र २०८०, १३ : १०
सत्ता गठबन्धनको कार्यदलले शीर्ष नेतालाई बुझायो न्यूनतम साझा कार्यक्रम

काठमाडौं। सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरूलाई बुझाएको छ । कार्यदलले न्यूनतम साझा कार्यक्रम तयार पारेर शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूलाई बुझाएको हो ।

कार्यदलले गठबन्धनका शीर्ष नेता प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति रवि लामिछाने, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई बुझाएको हो ।

कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस