पोर्ट अउ प्रिन्स । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले राजीनामा दिएका छन् । केही हप्तायता दबाब चर्किरहेको अनि देशभरमा हिंसा बढेको परिस्थितिमा हेनरीले राजीनामा दिएका हुन् । सोमबार जमाइकामा क्षेत्रीय नेताहरूले हाइटीको राजनीतिक सङ्क्रमणबारे छलफल गरेलगत्तै उनको राजीनामा आएको छ ।
सशस्त्र समूहहरूले स्वदेश छिर्न नदिएपछि हेनरी अहिले प्यूर्टो रिकोमा अलपत्र छन् । सन् २०२१ को जुलाईमा पूर्व राष्ट्रपतिको हत्या भएयता उनले नेतृत्व सम्हाल्दै आएका थिए । हालैका दिनमा हतियारधारी समूहहरूले राजधानी पोर्ट–अउ–प्रिन्सलाई कब्जामा लिएर अनिर्वाचित प्रधानमन्त्रीको राजीनामा मागेका थिए । हाइटीमा जारी द्वन्द्व समाधान गर्न सहयोग जुटाउन हेनरी केही दिन अघि केन्याको भ्रमण गएको थिए ।
त्यही बेला सशस्त्र समूहहरूले प्रहरी थानाहरुमा आक्रमण गर्नुको साथै देशका दुई ठुला जेलमा रहेका हजारौँ बन्दीलाई रिहा गरिदिएका थिए । हाइटीको अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण पछि हेनरीलाई बोकेर स्वदेश फिर्ता आएको प्लेनलाई ती समूहहरूले अवतरण गर्न दिएका थिएनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, १० : ४६
लेखकबाट थप