काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचन मंगलबार हुने भएको छ । आइतबार बिहान बसेको राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरु (सर्वदलीय) बैठकले सोमबार मनोनयन दर्ता गर्ने गरी निर्वाचनको मिति तय गरेको हो ।
संसद सचिवालयका अनुसार ‘पूर्वनिर्धारित समयमै चुनाव गर्ने निर्णयसहित कार्यसूची तय भएको छ ।’ यसअघि राष्ट्रिय सभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले स्वीकृत गरेको कार्यतालिकामा फागुन २७ गते राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र २९ गते निर्वाचन गर्ने उल्लेख छ ।
यही अनुसार आइतबार दिउँसो १ बजेर ९ मिनेटमा बस्ने बैठकमा राष्ट्रिय सभाको अध्यक्षको निर्वाचनको मिति तोक्ने कार्यसूची तय भएको छ । यसअघि राष्ट्रिय सभाको अध्यक्ष रहेका गणेशप्रसाद तिमिल्सनाको कार्यकाल सकिएर बिदा भएकाले अधयक्षको निर्वाचन हुन लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक राष्ट्रिय सभाबाट स्वीकृत
महिनावारी विभेदको अन्त्यसम्बन्धी संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेस
राष्ट्रिय सभाको बैठक बस्दै
तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै राष्ट्रिय सभा
संसदमा जसपा नेपालको प्रश्न-‘संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँदैन भने के चाहिन्छ त ?
विकास निर्माणका कार्यमा शासकले भूकम्पीय जोखिमलाई ख्याल गरेनन् : वामदेव गौतम