काठमाडौं। जानकी–बाँकेमा बुधवार राति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । राति १ बजे बाँकेको खजुरा गाउँपालिका–५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
५–६ जनाको अपरिचित समूहले मृतक कठरियालाई धारिलो चिर्पट दाउरा प्रहार गरी निर्घात घाइते बनाएको र घाइते कठरियाको उपचारका क्रममा नेपालगञ्ज नर्सिङहोममा राति नै मृत्यु भएको प्रजिअ पोखरेलले जानकारी दिए ।
उनका अनुसार अपरिचत समूह मृतकको घरमा लुटपाट गर्ने उदेश्यले गएको र सोही क्रममा कठरियालाई चिर्पट प्रहार गरी घाइते बनाएर लुटपाट गरेर फरार भएको थियो । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रजिअ पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, १५ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या प्रकरणः एक आरोपी पक्राउ
राजधानीको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ
नेपाल बैंकका सुरक्षा गार्डको हत्या
स्याङ्जामा चक्कु हानेर युवकको हत्या
श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र जेठाजु पक्राउ
बुटवलमा बुवाले गरे आफ्नै १७ वर्षीया छोरीको हत्या