गठबन्धन भत्कने पक्का, नयाँ समीकरण शुरू : रेशम चौधरी

सफल खबर संवाददाता

सोमबार, २१ फागुन २०८०, १० : ४५
गठबन्धन भत्कने पक्का, नयाँ समीकरण शुरू : रेशम चौधरी

काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले वर्तमान गठबन्धन भत्किने पक्का भएको बताएका छन् । गठबन्धनमै रहेका नागरिक उन्मुक्तिका अध्यक्ष चौधरीले सोमबार बिहानै फेसबुकमार्फत् प्रतिक्रिया दिँदै राजनैतिक नयाँ समीकरण बन्न लागेको बताएका छन् ।

'गठबन्धन भत्कने पक्का । राजनैनिक नयाँ समीकरण शुरू,' उनले लेखेका छन् ।

नागरिक उन्मुक्ति पनि सरकारमा छ । पार्टीकी नेतृ रन्जिता चौधरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन् ।यसअघी आइतबार साँझ  सत्ताको नेतृत्व गरिरहेको माओवादीसहित एमाले र रास्वपालगायत दलहरूबीच नयाँ गठबन्धन बनाउने सहमति भएको थियो ।

प्रतिक्रिया दिनुहोस