भरतपुर भ्रमण वर्ष: उद्घाटनमा पूर्व प्रधानमन्त्रीहरूको जमघट, ओली पनि सहभागी हुँदै

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, ११ : ५५
भरतपुर भ्रमण वर्ष: उद्घाटनमा पूर्व प्रधानमन्त्रीहरूको जमघट, ओली पनि सहभागी हुँदै

काठमाडौँ। भरतपुर भ्रमण वर्ष-२०२४ को आज नारायणी नदी किनारमा शुभारम्भ हुँदै छ । भरतपुर भ्रमण वर्षको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज दिउँसो १ बजे उद्घाटन गर्दै छन् ।शुभारम्भ समारोहमा पाँच पूर्वप्रधानमन्त्री उपस्थिति हुँदैछन् । उद्घाटनको लागि सबै पूर्वप्रधानमन्त्रीहरू भरतपुरमा जमघट हुन लागेका हुन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डसहित पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी भरतपुरमा भेला हुँदैछन्  ।प्रधानमन्त्री प्रचण्ड बिहीबार साँझ चितवन पुगिसकेका छन् । बाँकी पूर्वप्रधानमन्त्रीहरू शुक्रबार बिहान भरतपुर पुग्दै छन् ।

 

 

यसैगरी चितवन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य एवं  पूर्वउपप्रधानमन्त्री रवि लामिछाने, उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश अग्रवाललगायत उपस्थिति हुने छन् ।

प्रतिक्रिया दिनुहोस