बुटवल। दूधको मूल्य माग्दै बुटवलमा किसानहरूले प्रदर्शन गरेका छन् । बिहीबार दिउँसो बुटवलको चौराहमा जम्मा भएर उनीहरूले प्रदर्शन गरेका हुन् ।राजमार्गमा जम्मा भएका उनीहरूले चक्काजाम गर्न खोजेपछि प्रहरीले लछारपछार गरेको थियो । प्रहरीले आन्दोलनरत किसानलाई घेरा हालेको थियो ।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिबीच बिहान ११ बजेदेखि शुरू भएको प्रदर्शन प्रहरी घेराभित्रै एक घण्टा चलेको थियो । चारैतर्फबाट सुरक्षाकर्मीले घेरिएपछि कृषकहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । दूध बेचेको पैसा नपाएपछि फागुन १७ गतेदेखि देशभरका किसानहरू चरणबद्ध आन्दोलनमा छन् ।
यसअघि उनीहरूले जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाएका थिए । जिल्ला दूध उत्पादन सहकारी सङ्घ रुपन्देहीका उपाध्यक्ष खिमलाल पाण्डेले किसान आन्दोलनलाई थप सशक्त बनाउने बताए ।
दुग्ध विकास संस्थाको गत भदौ देखिको करिब ५८ करोड दूधको रकम भुक्तान गर्न बाँकी रहेको छ ।रुपन्देहीका सहकारी संस्थाहरू, दुग्ध विकास संस्थान लुम्बिनी दुग्ध वितरण आयोजना र अन्य निजी डेरीहरूले १० करोड बढी भुक्तानी लिन बाँकी रहेको पाण्डेयले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, १३ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दूध बेचेर मासिक रु ६ लाखसम्म आम्दानी
मधेशमा माछा र दूधको उत्पादन बढ्यो
अनुदान नपाएपछि किसानले दूध बेच्न किने ‘ट्रक’
दूध बेचेरै महिनामा डेढ लाख बचत
दूध बेचेर वार्षिक २० लाख कमाइ
चितवनका दुई पालिकामा दूध ‘जोन’