बिद्युत पोलले किच्दा घाइते भएका तितुङको मृत्यु

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, १४ : ०६
बिद्युत पोलले किच्दा घाइते भएका तितुङको मृत्यु

मकवानपुर । बिद्युत पोलले ढलेर लाग्दा घाइते भएका मकवानपुर बकैयाका रामकुमार तितुङको मृत्यु भएको छ । तितुङ बकैया वडा नं. ७ का वडा सदस्य हुन् ।

मंगलबार दिउँसो १:३० बजे मकवानपुर जिल्ला बकैया गाउंपालिका ७ मानदमार निवासी तितुङलाई आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी बिजुलीको पोल ढलेर लागेको थियो । पोलमा करेन्ट नभएको प्रहरीले जनाएको छ ।

घाईते भएका उनको हेटौंडाको चुरेहिल अस्पताल पठाएकोमा थप उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको थियो । घटना’bout थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।