काठमाडौं । विभिन्न दलहरुबाट निर्वाचित समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठेको विवादमा सर्वोच्च अदालतले निरन्तर सुनुवाइ गर्ने भएको छ । समानुपातिक सांसदहरुको योग्यतामाथि प्रश्न उठाइएको रिट निवेदनमा बुधबार सर्वोच्च अदालतले अन्तिम सुनुवाइ थालेको हो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सहित न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, प्रकाश कुमार ढुंगाना र सुष्मालता माथेमाको संवैधानिक इजलासले मुद्दालाई हेर्दाहेर्दैमा राख्न आदेश दिएको हो ।
सिमान्तकृत, पिछडिएका र राज्यको मूल प्रवाहमा नरहेकाहरुलाई समानुपातिक सूचीमा राख्नुपर्नेमा सबैजसो दलहरुले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न डराएका, यसअघि नै राजनीतिको मूल प्रवाहमा रहेकाहरुलाई समानूपातिक सांसद बनाएको भन्दै प्रश्न उठेको थियो ।
बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने लगायतले दायर गरेको रिट निवेदनमा सुनुवाइ गरेपछि संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राख्न आदेश दिएको हो । मुद्दाको अर्को पेशी भने तोकिएको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १५ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका प्रदेश सरकारविरुद्धको रिट खारेज
सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने
गण्डकीमा दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश
कोशीमा नयाँ सरकार गठनविरुद्धको रिट सर्वोच्चमा दर्ता
सर्वोच्चद्वारा गण्डकीका मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
सर्वोच्चद्वारा गौर हत्याकाण्ड मुद्दामा कारण देखाउ आदेश जारी