यस्तो छ आज विदेशी मुद्राको विनियमदर

सफल खबर संवाददाता

बुधबार, ०९ फागुन २०८०, ०८ : १२
यस्तो छ आज विदेशी मुद्राको विनियमदर

 काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि   विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ। विगत चार दिनदेखि स्थिर रहेको अमेरिकी डलरको मूल्य आज थप घटेको हो।

अमेरिकी डलरको मूल्य घट्दा अन्य धेरै विदेशी मुद्राको मूल्य भनेको बढेको छ ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ५१ पैसा थियो। 

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५२ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ २५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ०१ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ०५ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २६ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ४० पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३५ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९४ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ १५ पैसा थियो। 

प्रतिक्रिया दिनुहोस