इराकी राष्ट्रपतिले गरे शिया धर्मगुरुका कार्यकर्ता हत्याको निन्दा

सफल खबर संवाददाता

मंगलबार, ०८ फागुन २०८०, १४ : ४४
इराकी राष्ट्रपतिले गरे शिया धर्मगुरुका कार्यकर्ता हत्याको निन्दा

काठमाडौं। बग्दाद– इराकी राष्ट्रपति अब्दुल लतिफ रशिदले सोमवार शिया धर्मगुरु मुक्तादा अल–सद्रप्रति वफादार एकजना प्रमुख कार्यकर्ताको अपहरण र हत्याको निन्दा गरेका छन् । उनले यस घटनालाई  सुरक्षा, स्थिरता र शान्तिपूर्ण सहअस्तित्वका लागि खतरा भएको बताएका छन् ।

रशिदले विज्ञप्ति जारी गर्दै प्रसिद्ध ब्लगर आयसेर अल–खाफाजीको हत्या कानूनको उल्लङ्घन हो भन्दै सुरक्षा बलहरूलाई नागरिकको सुरक्षाका लागि सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिएका छन् । उनले उक्त घटनाको छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन पनि उनले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् ।

 

अल–खाफाजी सोमवार बिहान राजधानी बगदादबाट करिब १०० किलोमिटर दक्षिणमा रहेको हिला शहरको उत्तरमा रहेको जेबाला क्षेत्रमा राजमार्गको छेउमा मृत फेला परेका थिए ।  उनलाई आइतवार साँझ घरनजिकैको समूहले अपहरण गरेको आन्तरिक मन्त्रालयको स्रोतले नाम न छाप्ने शर्तमा सिन्ह्वालाई बताएको छ ।

 

अल–खाफाजी अल-सद्रका प्रभावशाली अनुयायी थिए जसले सद्रिस्ट आन्दोलनको नेतृत्व गर्दै लाखौं इराकीहरूको कमाण्ड गरिरहेका थिए । 
 

प्रतिक्रिया दिनुहोस