काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुने भएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको हो ।
केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ ।
यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ फागुन २०८०, १२ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले देशभरका वडामा जनचेतना फैलाउने
एमाले प्रचार विभाग सचिवबाट पाण्डेले दिए राजीनामा
सरकार परिवर्तनकाे कुनै सम्भावना छैन: एमाले प्रमुख सचेतक
एमाले सचिवालयको बैठक बस्दै
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : रघुजी पन्त
रसुवा एमालेमा पहिरो, एकपछि अर्काे नेताले छोडन थाले पार्टी