काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) लाई अन्तर्राष्ट्रिय बजारमा प्रातिस्पर्धी बनाउन आवश्यक भएको बताएकी छन् । राससको ६३औं वार्षिकोत्सवमा समारोहमा उनले हालसालै अवधि भाषामा सेवा सुरू गरेर भाषाभाषीलाई प्राथमिकता दिएको भन्दै अब विश्व बजारमा पनि प्रतिस्पर्धी हुनुपर्ने औंल्याएकी हुन् । राससले गत वर्ष एक लाख बढी समाचार सामाग्री दिएको तारिफ गर्दै अब संख्यात्मकमात्र नभई गुणात्मक विकासमा जोड दिइन् ।
शर्माले सरकारका कामलाई जनतामा पुर्याउन सरकारी मिडियाले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएकी छन् । सरकारी स्वामित्व भएका मिडिया हिजोका जस्तो नभएको भन्दै राससले जनताको आवाज बोल्नुपर्ने उनको भनाइ छ । सही समाचार सम्प्रेषण गर्न राससलाई उनको आग्रह थियो ।
२०१८ सालमा स्थापना भएको रासस न्यूरोडको निजी घरबाट सुरू भएर आफ्नै भवनमा भद्रकाली प्लाजामा रहेको छ । हाल सातै प्रदेशमा कार्यालय र ५३७ ग्राहक छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०७ फागुन २०८०, १३ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमडीएमएस ढिलोचाँडो लागु हुन्छ : सञ्चारमन्त्री शर्मा
सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री शर्मा
आर्थिक समृद्धि सरकारको उच्च प्राथमिकतामा छ : सञ्चारमन्त्री शर्मा
विकास र समृद्धिमा लाग्नुपर्नेमा राजनीतिक मुद्दामै अल्झियौँ : सञ्चारमन्त्री शर्मा
मुलुकको व्यवस्थासँगै जनताको अवस्था बदल्न एकताबद्ध हुनुपर्छ : सञ्चारमन्त्री शर्मा