दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा ओभरसियरको मृत्यु

सफल खबर संवाददाता

सोमबार, ०७ फागुन २०८०, १० : १०
दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा ओभरसियरको मृत्यु

जनकपुर । दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जना ओभरसियरको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा धनुषाको नारायण नगरपालिका–५ गमरखोलीका ३२ वर्षीय राम सागर रावत रहेका छन्। 

नौगाड गाउँपालिका–२ सुन्नमुन्नस्थित भित्री सडकखण्डमा ग्वाल्लेक निर्माण सेवा कम्पनीको सिमेन्ट बोकेको सु.प.प्र.०२००१ त १४२९ नम्बरको ट्याक्टर ब्रेक फेल भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आइतबार बेलुका दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिब  १५० मिटर तल खसेको थियो। मृतक रावत ग्वाल्लेक निर्माण सेवाका ओभरसियर हुन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको प्रहरीले जनाएको छ। 

ट्याक्टर चालक बैतडीको मेलौली नगरपालिका–१ का २८ वर्षीय बिजेन्द्र सिंह नायक फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।