यस्तो छ आज विदेशी मुद्राको विनियमदर

सफल खबर संवाददाता

आइतबार, ०६ फागुन २०८०, ०७ : ३९
यस्तो छ आज विदेशी मुद्राको विनियमदर

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज सबैजसो विदेशी मुद्राको मूल्य यथावत छ। अर्थात् शनिबार कारोबार भएको मूल्यम आज पनि विदेशी मुद्राको कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर १३३ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलरको कारोबार यहीदरमा भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। आज बहराइन दिनार १ को खरिददर ३५१ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५३ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। 

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २६ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। 

प्रतिक्रिया दिनुहोस