बैतडी । रूखले च्यापिएर बैतडीमा आज एकजनाको मृत्यु भएको छ। मुत्यु हुनेमा जिल्लाको पाटन नगरपालिका-५ अडतोलाका १९ वर्षीय प्रकाश पाण्डेय रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।
घरनजिकै रहेको जंगलमा सल्लाको रूख काटिरहेका प्रकाशलाई रूखले च्यापेको थियो।
बिहान ११ बजे रूखले च्यापिएर घाइते भएका प्रकाशलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउँदा मृत घोषणा गरेको थियो। प्रकाशको टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट रहेको थियो। मृतकको शव पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ।
प्रकाश सिद्धेश्वर मावि पाटन-१ मेल्चोरामा कक्षा १० मा अध्ययनरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ फागुन २०८०, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मणिपुरमा भारतीय प्रहरीमाथि कुकी समूहको आक्रमण, २ जनाको मृत्यु
छुट्टाछुट्टै घटनामा सर्लाहीमा दुई जनाको मृत्यु
मणिपुरको सीआरपीएफ क्याम्पमा आक्रमण, दुई सैनिकको मृत्यु
चितवनमा आफै चढेको बसले ठक्कर दिँदा एक तीर्थयात्रीको मृत्यु
पोखरामा बसले स्कुटरलाई ठक्क दिँदा किशोरीको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु