काठमाडौँ । कोरियन भाषा परीक्षा (ईपीएस) फागुन ७ गतेदेखि हुने भएको छ । ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै फागुन ७ गतेदेखि परीक्षा सञ्चालन गर्ने जनाएको हो । परीक्षा राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान, भैसेपाटीमा हुनेछ । परीक्षामा मोबाइल फोन, इलेक्ट्रेनिक डिस्नरी, स्मार्ट वाच लगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरू परीक्षा हलभित्र पूर्णतः निषेध गरिएको छ ।
परीक्षामा चिट, कपि गरेको तथा अन्य अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै ४ वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिएको ईपीएस कार्यालयले जनाएको छ । तोकिएको परीक्षा समयभन्दा १ घण्टा अगावै परीक्षा हलमा ओरेन्टेशन सुरु हुनेछ । ओरेन्टेशन र बायो-मेट्रिक भेरिफिकेशन गरी उपस्थित हुनुपर्नेछ । निर्धारित समयमा उपस्थित नभएमा परीक्षा सहभागी नगराइने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ फागुन २०८०, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ईपीएसको उत्पादनमुलक तर्फको सीप परीक्षणमा ८ हजार जना पास
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक
ईपीएस भाषा परीक्षामा ६ हजार परीक्षार्थी उत्तीर्ण
ईपीएस भाषा परीक्षा केही ढिलागरी हुने
ईपीएस कोरिया शाखाको कार्यकारी निर्देशकमा मैयाँ कँडेल नियुक्त
ईपीएस विवादबारे छलफल, कोरियाको सकारात्मक प्रतिक्रिया