काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफैँ सक्रिय भइरहेको बताएका छन् ।
मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
भेटमा प्रधानमन्त्रीले भने, 'यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईँहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुङ्गाउन चाहन्छु, यसमा तपाईँहरूको पनि सहयोग चाहियो।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, १० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको बयान सकियो
रविलाई झुटा मुद्दा लगाइयो : रास्वपा
धेरै धाकधम्की नदेखाउन सरकारलाई रास्वपाको चेतावनी
रास्वपाले आज बालुवाटारमा विरोध प्रदर्शन गर्दै
रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गरिओस् : सांसद कार्की
रास्वपाले मंगलबार बालुवाटारमा प्रदर्शन गर्ने