६ वर्षीय बालकले सबै देशको झन्डा चिन्ने, गिनिज बुकमा नाम लेखाउन पहल

सफल खबर संवाददाता

आइतबार, २८ माघ २०८०, १६ : ४२
६ वर्षीय बालकले सबै देशको झन्डा चिन्ने, गिनिज बुकमा नाम लेखाउन पहल

काठमाडौँ । नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झन्डा र ती देशमा रहेका टापुहरू चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । 

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनको प्रतिभाबारे जानकारी गराइएको हो । उनकी आमा कल्पना थापा (अधिकारी)ले परिवारको कुनै सहयोगबिनानै विश्वासले आफैँ ती देशहरूको झन्डा र टापुहरू चिनेको बताइन् ।

अब आफूहरूको लक्ष्य विश्वासको प्रतिभाको सम्मान स्वरूप ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन पहल गर्ने रहेको उनले बताइन् ।‘हाम्रो लक्ष्य भनेको बाबुको नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा लेखाउने नै हो । सानै उमेरमा यतिधेरै प्रतिभा भएकाले भोलिका दिनमा केही सपोर्ट हुन्छ कि भनेर नै हामी लागिपरेका छौं,’ उनले भनिन् । 

 

विश्वास जोरपाटीस्थित एक स्कुलमा युकेजीमा पढ्छन् । कार्यक्रमकै क्रममा पनि उनलाई विभिन्न देशका झन्डाहरू देखाइएको थियो । उनले ती झन्डाहरू सहजै चिनेका थिए।विश्वासकी आमा कल्पनाले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ का लागि सहयोग गरिदिन अपिल गरिन् ।

प्रतिक्रिया दिनुहोस