सुन तस्करीबारे आयोगमा बयान दिएर फर्किए माओवादी उपाध्यक्ष महरा

सुन तस्करी प्रकरण

सफल खबर संवाददाता

विहीबार, २५ माघ २०८०, १५ : १७
सुन तस्करीबारे आयोगमा बयान दिएर फर्किए माओवादी उपाध्यक्ष महरा

काठमाडौं। सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीबारे छानबिन गर्न गणित आयोगमा बयान दिएर फर्किएका छन् ।

डिल्लीराज आचार्य संयोजकत्वको आयोगले सत्तारुढ पूर्वउपप्रधानमन्त्रीसमेत रहेका महरासँग बिहीवार बयान लिएको हो । यो बयान सकिएपछि उनी सिंहदरवारस्थित आयोगको कार्यालयबाट फर्किएका हुन् ।

विद्युतीय चुरोट (भेप्स)मार्फत भएको सुन तस्करी सम्बन्धमा महराको नाम जोडिएपछि आयोगले उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा बयानमा जाने महरा उच्च अधिकारी हुन् । महरा पूर्वगृह एवं अर्थमन्त्रीसमेत रहिसकेका नेता हुन् ।

सुन तस्करीमा संलग्न एक चिनियाँ व्यापारीसँग महराले पटक–पटक टेलिफोन गरेको तथ्य फेला परेको थियो । विमानस्थल भन्सारमा रहेको सुन छुटाउन महराले पटक पटक कमचारीलाई दबाब दिएका थिए । सुन तस्करी प्रकरणमा महराका छोरा राहुललाई सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले चूडामणि उप्रेती ‘गोरे’सहित धेरै जनासँग बयान लिइसकेको छ । यसक्रममा आयोगले हेलिकप्टरमार्फत समेत सुन तस्करी हुने गरेको तथ्य फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस