काठमाडौं। सत्ता गठबन्धनका शीर्ष नेताहरूले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धनका शीर्ष नेताहरूले मुख्यमन्त्रीहरूसँग छलफल गरेका हुन् ।
मुख्यमन्त्रीहरूसँग मुख्यगरी संघीयता कार्यान्वयनको विषयमा छलफल भएको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश जानकारी मल्लले दिए ।
संघीयता कार्यान्वयनका लागि बन्नुपर्ने कानुनमा ढिलाइ हुँदा प्रभावकारी काम नभएको भन्दै मुख्यमन्त्रीहरूले निरन्तर सरकारलाई दबाब बढाइरहेका छन् । यसैले प्रधानमन्त्रीले मुख्यमन्त्रीलाई छलफलका लागि बोलाएका हुन् ।
मुख्यमन्त्रीसँगको छलफलमा गठबन्धन दलबाट पनि नेताहरू सहभागी भएका छन् । प्रदेशमा देखिएका समस्याबारे सत्ता गठबन्धन दलले समान धारणा बनाउँदा अघि बढाउनुपर्ने विधेयकसहित तयारीका विषयमा एकरूपता हुने भएपछि बैठक बोलाइएको जानकारी मल्लले दिए ।
बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गगन थापा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीबाट वर्षमान पुन, लोसपाबाट महन्थ ठाकुरसहितका नेता सहभागी छन् ।यसअघि बुधबार राष्ट्रिय समन्वय परिषद्को बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ माघ २०८०, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोशीका मुख्य न्यायाधिवक्तालाई कारवाही गर्ने एमाले-माओवादीको चेतावनी
बझाङमा गठबन्धनका ४ दलले लिएनन् उम्मेदवारी फिर्ता
राप्रपाले प्रदेशमा सत्ता गठबन्धनलाई सहयोग नगर्ने
माधव नेपालले अडान नछाड्दा बालुवाटार बैठक अनिर्णीत
बालुवाटारमा सत्ता गठबन्धन बैठक जारी
सत्ता गठबन्धनको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिँदै