सिद्धार्थ बैंकको २ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

सफल खबर संवाददाता

बुधबार, २४ माघ २०८०, १० : ४३
सिद्धार्थ बैंकको २ लाख ४० हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी निखिल गोयलको नाममा रहेको १ लाख ९७ हजार ४३९ कित्ता शेयर र पवित्र लाल चुकेको नाममा रहेको ४३ हजार १८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न सक्नेछन् । शेयर खरिद गर्न इच्छुक शेयरधनीले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंस्थित कम्पनी सचिवको कार्यालयमा खरिद गर्न चाहेको शेयर संख्यासमेत खुलाई आवेदन पेश गर्नुपर्नेछ ।

साथै, तोकिएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा सो शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस